LogoVision Use TV
प्रिमियम स्टोरी
Play Store
App Store
ब्रेकिङ
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ताबजार भाउ किन रातारात आकासिए सरकारी सम्पत्तिलाई निजीमा प्रयोगश्रम संस्कृति पार्टी अध्यक्ष साथै माननीय हर्कराज राईAI ,Chatgpt They are working for the people in this way. दुर्गा प्रसाईले गृहमन्त्री सुधन गुरुङमाथि गम्भीर आरोप लगाएका छन्।स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्युनेपालमा गोली चल्यो केही नेपालीहरू अकालमै मृत्यु भयो।भवन निर्माणमा अनियमितता : एउटा काम, दुई वटा ठेक्कासाफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल: युवा टोलीको उत्कृष्ट प्रदर्शनप्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ताबजार भाउ किन रातारात आकासिए सरकारी सम्पत्तिलाई निजीमा प्रयोगश्रम संस्कृति पार्टी अध्यक्ष साथै माननीय हर्कराज राईAI ,Chatgpt They are working for the people in this way. दुर्गा प्रसाईले गृहमन्त्री सुधन गुरुङमाथि गम्भीर आरोप लगाएका छन्।स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्युनेपालमा गोली चल्यो केही नेपालीहरू अकालमै मृत्यु भयो।भवन निर्माणमा अनियमितता : एउटा काम, दुई वटा ठेक्कासाफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल: युवा टोलीको उत्कृष्ट प्रदर्शन
गृहपृष्ठमा फर्कनुहोस्
गृहपृष्ठराष्ट्रियप्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
राष्ट्रिय

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

news admin
news adminविशेष संवाददाता
२०२६-०९-२५
520 पटक पढिएको
30सेयर

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क, ८ असोज । प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघ मुख्यालयमा स्थानीय समयअनुसार साँझ ६:३० बजे (नेपाली समयअनुसार शुक्रबार बिहान ४:१५ बजे) महासचिव गुटेरेससँग भेट गर्नुभएको हो ।

महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताउनुभयो। उहाँले युवा नेपाली प्रतिनिधिमण्डलको प्रशंसा पनि गर्नुभयो। आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि बधाई दिनुभयो। भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनुभयो।

भेटमा नदी किनारका बासिन्दाको पुनर्वास र हरित पुनर्निर्माणका विषयमा छलफल भएको थियो। साथै, अतिकम विकसित राष्ट्र (एलडीसी) सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थपका लागि समर्थनका विषयमा पनि कुराकानी भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सोध्नुहोस् | Ask AIChat with Bot
Vision Use TV AI सहायकAI
अनलाइन | Online
शीघ्र प्रतिक्रियाहरू | Quick Options