सरकारले भूमि सुधार र जग्गाको खण्डीकरण रोक्ने भन्दै ल्याएको नयाँ हदबन्दी सम्बन्धी व्यवस्थाले घरजग्गा बजारमा ठूलो अन्योलता सिर्जना गरेको छ। नयाँ व्यवस्था अनुसार तोकिएको सीमाभन्दा बढी जग्गा खरिद गर्न सकिने तर बिक्री वितरणमा रोक लगाइएको छ।
यसले गर्दा घरजग्गा व्यवसायी तथा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाहमा समेत असर परेको छ। भूमि व्यवस्था मन्त्रालयले भने भूमिहीन सुकुम्वासीको हित र कृषियोग्य भूमिको संरक्षणका लागि यो कदम चालिएको स्पष्ट पारेको छ।


