काठमाडौं- राजेश भट्टराई र अन्जु सुनार अभिनयमा रहेको ‘जुन मोरिले आज तक हँसाई’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
नेपाली गीत संगीत क्षेत्रका चर्चित बरिष्ठ गायक डिजराज पौडेलको स्वरमा रहेको म्युजिक भिडियो बिहिबार झरना भिडिया हाउसको सभाहलमा भएको एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । म्युजिक भिडियो सार्वजनिक गायक धिरज राईले गरेका हुन् ।
कपिल कार्कीको निर्देशक रहेको उक्त गीतलाई आर्या मिडिया हाउस प्रा.लिको आधिकारिक अफिसियल युट्युब च्यानल ‘आर्य इन्टरटेनमेन्ट’ बाट हेर्न सकिने गरि सार्वजनिक गरिएको छ ।
गीतकार डिजराज पौडेलको संगीत रहेको गीतमा रोहित पौडेलको शब्द-रचना रहेको छ। ‘द पिक स्टुडियो’ मा रेकर्डिङ भएको उक्त गीतको भिडियोमा सन्देश रिमालको कोरियोग्राफी रहेको छ भने सिने मेटो ग्राफर दिनेश भुजेलको रहेको छ।
‘जुन मोरिले आज तक हँसाईं’ वोलको गीत र म्युजिक भिडियो समय सान्र्दभिक सामाजिक परिवेशमा आधारित रहेर निमार्ण गरिएको म्युजिक भिडियोका निर्देशक कपिल कार्कीले बताएका छन् । गायक धिरज राईले ‘जुन मोरिले आज तक हँसाई’ म्युजिक भिडियो सफलताको शुभकामना समेत व्यक्त गरेका छन् ।
भि.यु.टी न्युज संवाददाता
www.vutnews.com
