V.U.T. NEWS

३६५ दिननै  हाम्रो विभिन्न चाडपर्वहरु मनाइरहेको हुन्छौं। मात्र १७ गते २०८१ कुशे औंशी अर्थत बाबाको मुख हेर्ने

www.vutnews.com

दिन पर्व मनाइयो। त्यस्तै गरेर सुन्नमा अलि अनौठो लागेता पनि भाद्र १९ गुँला पर्व मनाइएको थियो। विशेष गरेर यश गुँला पर्व काठमाडौँ , भक्तपुर, ललितपुर ।

www.vutnews.com

नेपाल धर्म संस्कृति बहुजाति बहुभाषी साँच्चिकै हेर्ने हो ,भने ३६५ दिनै  हाम्रो विभिन्न चाडपर्वहरु मनाइरहेको हुन्छौं। मात्र १७ गते २०८१ कुशे औंशी अर्थ बाबाको मुख हेर्ने दिन पर्व मनाइयो। त्यस्तै गरेर सुन्नमा अलि अनौठो लागेता पनि भाद्र १९ गुँला पर्व मनाइएको थियो। विशेष गरेर यश गुँला पर्व काठमाडौँ , भक्तपुर, ललितपुर र देशैभरिका नेवार जातिहरूले मनाउने गर्दछ। कुनै पनि चाडपर्व मनाउनुको मुख्य उद्देश्य भनेको सबै नेपाली समाजमा रहेका सम्पूर्ण नेपालीहरुले दुःखसुखको साटासाट गर्नु नै हो। त्यस्तै गरेर भदौ २० गते हरितालिका तीजको अवसरमा दर खाने कार्यक्रम रहेको छ। विभिन्न संघ संस्थाहरूले यस कार्यक्रमलाई चुस्त दुरुस्त राख्नको निमित्त मिठो परिकार र नाचगान र आफन्त दिदीबहिनीहरूसँग भेटघाटको कार्यक्रम रहेको हुन्छ।

www.vutnews.com

 विशेष गरेर तीज सनातन हिन्दु नारीहरूले शिव पार्वती जस्तै जीवन जोडी होस् भनेर तीजको दिन गोधुली साँझ पर्दै गर्दाखेरि १०८ सुतीको दियो प्रजलन गरिने चलन छ। यस्ता पर्वहरूले नारीहरूलाई सम्मान र आत्मविश्वास बढाउने गर्छ। विशेष गरेर हरितालिका तीज अविवाहित महिलाले इमान्दारी र सम्पन्न पुरुष शिव जस्तै भनी व्रत बस्दछ भने , विवाहित महिलाहरूले पनि सफलता सुखको कामना गर्दछन्।

सम्पूर्ण नारीहरूलाई तीजको धेरै धेरै शुभकामना।

भि. यु. टि न्युज . कम

vutnews.com

सम्पादक :सुमन श्रेष्ठ

समाचार सङ्कलन: लक्ष्मण राई

विशेष सहयोगी: हरिप्रसाद कट्टेल/ शशी राई

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार