
न्यायको प्रतीक्षामा – नागरिक
सत्यलाई आज कठघरामा उभ्याइएको छ।
त्यसका खुट्टामा जन्जीर छन्, आँखामा थकाइ छ, र छातीमा गम्भीर घाउ।
यति बेला काठमाडौं जिल्ला अदालत भित्र बहस चलिरहेको छ—थुन्ने कि छोड्ने?तर प्रश्न यति सरल छैन। प्रश्न सत्यको होइन,सत्य बोल्ने साहसको हो।सत्य उठाउने हातको हो।सत्यसँग हिँड्न नसक्ने राज्यको नाङ्गो चरित्रको हो।सत्य सधैं एक्लो हुन्छ। भिडको साथ उसलाई हुँदैन।काँडाघारी पार गर्छ, कहिले काँडा, कहिले गोलीसँग लड्दै लड्दै एकलै भएपनि अघि बढिरहेको हुन्छ । सीताका सबै राम थिए , तर सीता हरण हुँदा साथमा राम थिएनन्।
पाँच–पाँच पतिकी द्रौपदीको चीरहरणमा कोही थिएन।
दशरथका चार छोरा थिए, तर मर्ने बेला एक्लै भए ।
अभिमन्यु कृष्णका भान्जा थिए, तर चक्रव्यूहमा कसैले ज्यान बचाउन सकेन। यी कथाहरू केवल पौराणिक कथा मात्रै होइनन्, आज कलिकालमा दुर्गा प्रसाईं जस्ता सत्यबादि पात्रहरुले तपाईं हाम्रै आँखा अगाडि भोगिरहेका र देखिएका व्यथाहरु पनि हुन । असत्यको चक्रब्युमा झेलिएर काठमाडौं जिल्ला अदालतको कठघरामा सत्य उभिएको छ अग्नि कुण्ड अगाडि सीतालाइ उभ्याए जस्तै गरेर । दुर्गा प्रसाईं माथि थोपरिएका झुट्टा मुद्दामा अहिले थुनछेक बहस चलिरहेको छ । उनि कुनै अपराधी होइन।अपराधी त सत्ता छ,
जो चुप छ, अन्धो छ, र जनताको पिडा नसुन्ने बहिरो बनेको छ।थुनछेक बहसमा दुर्गा प्रसाईं छन्,तर कठघरामा प्रश्नमा छन्—भ्रष्टाचार, बेइमानी, राष्ट्रघात र लम्पसारवादरुपि नाङ्गो सत्ता को ।दुर्गा थुनिए भने न्याय मर्छ।दुर्गा स्वतन्त्र भए भने सत्यले सास फेर्छ।चैत १५ काठमाडौं को तीनकुने कुनै काल्पनिक ठाउँ थिएन।त्यहाँ शासनको बन्दुक थियो,तर नागरिकको छातीमा सत्य थियो।राज्यले गोली चलायो,तर नागरिकले आत्मबल
चलाए।
त्यो दिन लाठी, ग्यास र बन्दूकसँग सत्य लडिरहेको थियो।
आज अदालतभित्र, तिनै सत्यका साक्षीहरू चिच्याइरहेका छन्—“हामीले सत्य देख्यौं, हामीले अन्याय सह्यौं, अब न्याय गर।”तर न्याय मूक छ,न्याय अन्धो भएर होइन—
थकित भएर, थिचिएको छ सत्ताको दमन र प्रतिसोधको बलमा । तर हामीलाई अझै आशा छ—
न्याय मरिसकेको छैन।न्याय अहिले गम्भीर शल्यक्रियामा छ— हामी सत्यकोपुनर्जीवनको प्रतीक्षा को घडि छौ ।
दुर्गा प्रसाईंको रिहाइ भनेको एकजनाको मात्र विजय होइन,
लाखौं आवाजविहीनहरूको आवाजले न्याय पाउनु हो।
त्यो सत्ताले दवाउन लागेको न्यायप्रणालीप्रतिको जनविश्वासको जिवित प्राण पनि हो ।
आज ‘नागरिक बचाउ महाअभियान’ कुनै संगठन मात्र होइन
त्यो पीडितको आँसु, उठ्न खोजेको न्याय, र बाँच्न खोजेका आवाज बिहिनहरुको आवाज कोकेको देश को ढुकढुकी पनि हो ।त्यसको नेतृत्व गर्ने दुर्गा प्रसाईंलाई थुन्ने प्रयत्न,
देशमा बाँच्न खोज्ने आत्मालाई घाँटी अठ्याउने प्रयास हो।
सत्य ढिलो जित्छ, तर हार्दैन।त्यही सत्यको पछाडि हामी छौ—भिड होइन, बुटो भएर उभिएका छौ । अदालत सामु नागरिक फैसलाको साथ सत्य खोजिरहेछन्न । इतिहास मागिरहेका छन्न ।हामी अपराधी होइनौं, हामी साक्षी हौं।
सत्यका, पीडाका, र परिवर्तनका।अब अदालतको कलम हल्लिनेछ—त्यो कलम केवल कागज काट्ने होइन,
सत्यको हाँगो काट्ने कि फुलाउने, त्यो इतिहासको रोजाइ हुनेछ।त्यसपछि लेखिनेछ : सत्य एक्लो थियो, तर त्यही एक्लो सत्यले एउटा युग जित्यो।’ यसैको प्रतिक्षामा आज लाखौं नागरिक न्यायालयको पर्खाल चियाइरहेका छन्न । सत्य नमरोष भनेर ।
माधब कल्पित
केन्द्रीय प्रवक्ता / प्रमुख स्वकीय सचिव
नागरिक बचाउ महाअभियान, नेपाल।
