प्रकाश झाँक्री मानव सेवाले हजारौंको मन जितिरहेको छ। बाल्यकालदेखि नै दयालु स्वभावका प्रकाश भुजेल सामान्य परिवारमा जन्मेका थिए।सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ज्यामिरे स्थित स्थायी प्रकाश भुजेल पिता कृष्णबहादुर भुजेल र माता सुकमाया भुजेलका सुपुत्र प्रकाश भुजेल सानै उमेरदेखि क्रान्ति र दयालु स्वभावका थिए ।

बाल्यकलबाटै दुःखलाई नजिकबाट चिनेका प्रकाश भुजेल मिलनसार र सहयोगीदारी थिए ।विभिन्न जिन्दगीको दुःखसुखको भोगाई सँग सँगै पछिल्लो समय पुर्खौली धर्मकर्म झाँक्री सेवा साथै हजारौँ दिनदुखीहरूको सहयात्री मात्र बनेनन् । दिनदुखी असाहाय रोगी र भोकाको लागि अभिभावकसम्म बन्न भ्याए प्रकाश भुजेल। विशेष गरेर प्रकाश भुजेल मानव सेवाले मठ मन्दिर निर्माण सेवा र धर्म कर्मलाई टेवा पुग्ने हिसाबले सेवा गरेको देखिन्छ।प्रकाश झाँक्री मानव सेवाले गरेका उदाहरणीय राम्रा वा नराम्रा कामहरू सत्य तथ्य समाचार सम्प्रेषण गर्न हाम्रो टिमले तीन वर्षसम्म अध्ययन गरेको थियो।

यस समय अवधिमा गुनासोहरू पनि नआएका होइनन् ।तर ती गुनासोहरूमा सत्यता पाइएन । प्रकाश मानव सेवा सांस्कृतिक झाँक्री केन्द्रले प्राकृतिक प्रकोप जस्तै बाढी पीडित भूकम्प र हैजा जस्तो आपत्कालीन अवस्थामा पनि पीडित अशक्तहरूलाई सहयोग गरिरहेको छ। २०८१ दशैँको उपलक्ष्यमा दुखी र भोकाहरूको पशुपति क्षेत्र तिलगङ्गा अगाडि हजारौँ दुःखी भोकाहरूलाई भोजनको व्यवस्थापन गरिरहे छन्।
https://www.facebook.com/share/v/E6Ps77h2b7PVKv6i/
अचानक त्यहाँ समाचार सङ्कलन गर्न पुग्दा देखिएको भिड र सुनिएको आवाज यस्तो थियो । प्रकाश भुजेल गुरुलाई कर्म पिता हो मेरो भन्दै चिच्याइरहेका थिए। दयालु र निकै मनकारी प्रकाश झाँक्रीले विनयजंग बस्नेत र पूजा बस्नेतलाई बेवारिसे मृत शरीर व्यवस्थापनको लागि ठूलो सहयोग गर्दै आइराख्नुभएको छ। प्रकाश मानव सेवा सांस्कृतिक झाँक्री केन्द्र।
