जोरपाटी ज्येष्ठ नागरिक समाजको आयोजनामा ३४ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस तथा १० औं वार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ ।

‘सम्मानित बुढ्यौलीका लागि विश्वव्यापी रुपमा स्याहार तथा सहयोग पद्धतिको विकास महत्वपूर्ण हुन्छ’ भन्ने विश्वव्यापी नाराका साथ भएको कार्यक्रम गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नगर प्रवक्ता तथा गोनपा ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, गोनपा ६ का वडा अध्यक्ष नवराज लामाको विशेष आतिथ्यता रहेको थियो भने गोनपा ५ का वडा सदस्य लक्ष्मी पुडासैनी, समाजसेवी सरिता रिसाल, समाजसेवी सञ्जय पोखरेल लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा ज्येष्ठ नागरिक गतिविधि बुलेटिन लोकार्पण, जन्म दिनको अवसरमा सम्मान, आदर्श सन्तान सम्मान, पुरस्कार वितरण लगायतका कार्यक्रम भएका ६ ।नेपालीहरूको महान चाड दशैं आउँदै गर्दा वडा अध्यक्षहरू र प्रमुखहरुले जनताको सेवाको लागि विशेष भूमिका खेल्ने
