V.U.T. NEWS

अरुण ज्योति विद्यामन्दिरको तिज विशेष आमा नृत्य प्रतियोगिता सम्पन्न

काठमाडौं : हरितालिका (तिज) पर्व २०८१ को अवसरमा अरुण ज्योति विद्यामन्दिरद्वारा आयोजित तिज विशेष आमा नृत्य प्रतियोगिता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । अरुण ज्योतिले नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको सन्दर्भ पारेर तिज विशेष आमा नृत्य प्रतियोगिता सम्पन्न गरेको हो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी नगर उप प्रमुख सान्नानी लामाको प्रमुख आतिथ्यता रहेको थियो । अरुण ज्योति विद्या मन्दिरले सोहि अवसरमा आफ्नो विद्यालयबाट २०८० मा एस।ई।ई उत्र्तीण गरेका विद्यार्थीहरुलाई सम्मान समेत गरेको थियो ।

अरुण ज्योतिले हिजो बुधबार जोरपाटी स्थित विद्यालयको प्राङ्णमा तिज विशेष आमा नृत्य प्रतियोगिता कार्यक्रम मार्फत विद्यार्थीहरुलाई सम्मान गरेको हो । बिहान ११ बजेदेखि सुरु भएको कार्यक्रमको अध्यक्षता अरुण ज्योति विद्या मन्दिरका संस्थापक एवम् प्रिन्सिपल छेवाङ छेदर भुटियाले गरेका थिए।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाकाकी नगर उप प्रमुख सान्नानी लामाले पानसमा दिप प्रज्वलन गरेर गरिएको थियो । विद्यालयका प्राध्यापक कर्मचारीहरूको उपस्थितिमा भएको उक्त कार्यक्रममा विद्यार्थीहरूले विभिन्न प्रतिभाका माध्यमबाट भरपुर मनोरञ्जन गरेका थिए । अरुण ज्योति विद्यामन्दिरले विगत लामो समयदेखि तिज विशेष आमा नृत्य प्रतियोगिता कार्यक्रम गर्दै आएको छ ।

सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधिहरु, गोकर्णेश्वर नगरपालिका अन्तर्गतका आवासीय तथा नीजि विद्यालयका प्रिन्सिपलहरू अतिथिमा रहेका थिए । त्यस्तै कार्यक्रममा विद्यार्थी अभिभावक लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले अरुण ज्योति विद्या मन्दिर प्रति बधाई ज्ञापन दिदै तिज विशेष आमा नृत्य प्रतियोगिता कार्यक्रम आयोजना गरेर सम्पूण आमाहरुलाई सम्झिएकोमा धन्यवाद व्यक्त गरेकी थिइन् । उनले विद्यालयको आगामी दिनहरुको उज्वल भविष्यको कामना समेत ब्यक्त गर्दै स्थानीय तहले सधैं यस प्रकारका संस्कृति जगाउने कार्यलाई सहयोग गर्न कुनै कमजोरी नगर्ने बताएकी छिन् ।

स्कुलका संस्थापक एवम् प्रिन्सिपल छेवाङ छेदर भुटियाले तिज विशेष आमा नृत्य प्रतियोगिता मार्फत अभिभावक, बिधार्थी र शिक्षकहरु बिचको सम्बन्ध राम्रो बनाउन प्रत्यक वर्ष अरुण ज्योति विद्या मन्दिरले कार्यक्रम गर्दै आएको बताए । कार्यक्रममा स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरुले विभिन्न सांगीतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेका थिए ।

भि.यु.टी न्युज संवाददाता

www.vutnews.com

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार