दुर्गा प्रसाईँ। राष्ट्रिय, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान संयोजक। आज झापा प्रस्थान हुनुभएको छ। २०८० मङ्सिर ७ गते यसै अभियानलाई जोड दिन काठमाडौँको ढल्कुस्थान जनसागर उपस्थित थियो।

www.vutnews.com
यसै अभियानलाई लिएर पूर्वपश्चिम यात्रा बनाइरहेका दुर्गा प्रसाई पेशामा पहिले किसान हो भने, किसान सँगसँगै मेडिकल व्यवसायी सुरु गरेका थिए। कुनै समयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई घरमै बोलाएर दिवा भोजको तस्बिर भाइरल भइसकेपछि दुर्गा प्रसाईलाई नेपाली जनताले नजिकबाट चिनेका थिए।

www.vutnews.com
त्यसो त उहाँको राजनीतिक कालखण्ड पनि थियो। जनसेना हुँदै नेकपा एमालेका केन्द्रीय कमिटी सम्मको अनुभवले राष्ट्रिय, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान,अभियान छेड्दै गर्दा चतुर दुर्गा प्रसाईले नेकपा एमालेको केन्द्रीय सदस्य परित्याग गरेर अभियान र मेडिकल व्यवसायीमा लागे मेचीनगर झापामा बि.एन्ड. सि हस्पिटल धेरैजसो बिरामीको आफन्तले महँगो भनेपनि सेवा लिने त्यत्तिकै मात्रैमा छ।

www.vutnews.com
दुर्गा प्रसाईको चर्चा सँगै विदेशमा अप्ठ्यारो परेका र विदेशमा ज्यान गुमाएका मृत शरीरलाई पनि नेपाल ल्याउने काम गरेका थिए। कुनै न कुनै विषयमा चर्चामा छाइरहने प्रसाई हक्की र आँटिलो स्वभावका छन्। अहिले नेकपा एमालेको सरकारसँग रुस्ट रहेको प्रसाईले कहिले राजा ल्याउने भन्दै त कहिले भ्रष्टाचारीलाई सक्ने भन्दै विभिन्न ठाउँमा कार्यक्रम गरेर ,भ्रष्टाचारीहरूको प्रमाण मसँग छ ,भन्दै फोटो र भिडियो सार्वजनिक गर्ने गरेको छ।

www.vutnews.com
चतुर दुर्गा प्रसाईले दुवाईको प्रिन्स नै भेट्नको लागि नेपाल आएको प्रिन्स नेपाल आउँदा सुनको लौरो उपहार दिएको तर विवादमा परेका थिए। जनसागर र पत्रकारहरु बीचमा उभिन चाहन्ने दुर्गा प्रसाई संग जोडिने र तोडिनेको कमी छैन। समाचार स्रोत भि.यु.टी न्युज संवाददाता
www.vutnews.com
