V.U.T. NEWS

बालेनको गतिविधि अराजनीतिक भयो अब प्रतिवाद गर्नुपर्छ -देउवा

काठमाडौं – काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको गतिविधि अराजक भएको भन्दै नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरु आक्रोशित बनेका छन् । खासगरी एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र मेयर शाह आमनेसामने भएका छन् ।

सर्वोच्च अदालतले नदी किनाराका दुवैतर्फका २०–२० मिटर वरपरका घर बस्ती उठाउने भनी गरेको फैसलाबारे एमाले बाग्मती प्रदेशका नेताहरुले देउवालाई भेटेर ध्यानाकार्षण गराएका थिए । सो विषयमा आफ्नो धारणा राख्ने क्रममा उनले मेयर शाहको गतिविधि अराजनीतिक भएको टिप्पणी गरेका छन् ।

मेयर शाहका गतिविधि अराजनीतिक र असहिष्णु भएकोले प्रतिवाद गर्नुपर्ने कुरा देउवाले राखेको भेटमा सहभागी एक एमाले नेताले जानकारी दिए । तर, मेयरको अराजनीतिक गतिविधि प्रतिवाद गर्दा सचेत र संयमतता अपनाउनुपर्ने देउवाको भनाई छ । स्रोत- रिपोर्टस नेपाल

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार