V.U.T. NEWS

जीवनको परिभाषा हेर्ने कथा युट्युब च्यानलले ४० वर्षपछि परिवारसँग भेट गराएको छ। प्रकाश अथवा कालेभनेर चिनिएको व्यक्ति।

www.vutnews.com

जीवनको परिभाषा हेर्ने कथा युट्युब च्यानलले ४० वर्षपछि परिवारसँग भेट गराएको छ। प्रकाश अथवा काले भनेर चिनिएको व्यक्ति , साना बाल्यकालमै झापाबाट काठमाडौँ आएका थिए। दुःख र अभावसँगै काठमाडौँमा आएका प्रकाश गलैचा बुन्ने भनेर आउँदाखेरि हराएका थिए। झापा हुँदै काठमाडौँ आएका प्रकाश बाल्यकालमै गोरखा जिल्लाको हिमाली भेग नेपाल चिनको सिमाना छेकामपुर भन्ने ठाउँमा चौरी गोठमा हेर्ने कथाकि सञ्चालिका विद्या चापागाईंले भाग्यले भेटेकी थिइन्। 

www.vutnews.com

बाल्यकालमा छुटेको भाइ दिदी बहिनी  सँग प्रकाशको भेट हुँदा धेरै पटक आँसु खसेको थिए। यस भिडियो हेर्ने कथामा प्रस्तुत भइसकेपछि संसारबाट एक करोडभन्दा बढीले हेरिसकेका छन्। नागरिकता नभएको प्रकाशको नागरिकता बनाई दुईवटा बैंकमा खाता पनि खोलियो।

www.vutnews.com

सम्माननीय नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीज्यू भेटघाट तथा सम्मान साथै नेकपा एमालेका पूर्वमन्त्री श्रेधन राई ज्युले नगद १ लाख साथै घर बनाइदिने प्रतिबद्धता पनि गर्नुभयो। बाल्यकालमा छुटेको प्रकाशको परिवार भोजपुर जिल्लाको छाप्लेगाउँमा भेट्दाखेरि बिरामीले थचेको आमाबुबा पनि खुसीको आँसु झारेका थिए। अब फेरि प्रकाशको जीवन कसरी अघि बढ्ला? सम्पादक: सुमन श्रेष्ठ

समाचार संकलन: लक्ष्मण राई

समाचार श्रोत: शशिकला राई/हेर्ने कथा नेपाली सोसल मिडिया

१९भदौ २०८१

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार