
समाचार संवाददाता: लक्ष्मण राई भि.यु.टि.खबर
आइतबार ६ गते असोज २०८१
राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ अभियानको संयोजक दुर्गा प्रसाई पक्राउ परेका छन्।दुर्गा प्रसाईलाई साइबर अपराध अनुसन्धानले पक्राउ गरेको हो।नेपाल प्रहरी साइबर ब्युरो भोटाहेटी चित्तधर मार्ग बाट ४ बजे अन्तै लगिएको थियो।दुर्गा प्रसाईलाई बाहिर लगिँदै गर्दा अभियानका समर्थनहरुले केही नारा जुलुस पनि गरेका थिए।

त्यही स्थान र अवस्थामा एक युवालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।दुर्गा प्रसाई पक्राउ पर्नमा कसको , कुन पार्टी र कसको हात भन्ने एकिन भइनसकेको ,तर एक महिलालाई गाली बेइज्जतीको आरोपमा उहाँलाई तत्काल गिरफ्तार गरेको भन्ने साइबर ब्युरोको भनाइ छ।दुर्गा प्रसाईको कार्यक्रममा भिडभाड धेरै भएपनि जुन दिन पक्राउ परेका थिए त्यो दिन त्यति भिडभाड नदेखिएको,पत्रकारहरू पनि कमै मात्रामा उपस्थित भएको देखिन सकिन्थ्यो।दुर्गा प्रसाईका वरिपरि अभियानमा जोडिएका व्यक्तिहरूले अब कहिले छुट्छ होला भन्ने आकलन मात्रै गरिरहेको थिए।मैले उहाँकै अभियानमा जोडिएका एक निकट व्यक्तिलाई प्रश्न सोधेको थिएँ। अब दुर्गा दाई कहिले निस्किन्छ? होला ,उहाँले अनुहार मलिलो बनाउँदै दुई तिनमा निस्किनुहुन्छ भन्नुभयो। अदालतले फटाफट पक्रौ पुर्जी जारी गर्दै !
भि.यु.टि.खबर
समाचार संवाददाता: लक्ष्मण राई
