#Harka Sampang A Revolution #श्रम संस्कृति #Labor culture #Dharan #Nepal #vutnews.com # Mayor #Nepal Politics
समाजसेवी श्रमक्रान्तिका पिता भनिएर चिनिएका ,धरान उपमहानगरपालिका मेयरको राजनीति यसरी सुरु भएको थियो।सुरुवातका दिन देखि नै भ्रष्टाचार र बेथितिका विरोधमा कडा सङ्घर्ष गरिरहेका थिए । एक्लै हाते माइक लिएर सडकमा आन्दोलन गर्थे, भने कहिले सरकारी कार्यालयमा भ्रष्टाचार र सुशासनको खबरदारी गर्थे।

धरानको खानेपानीसम्बन्धी ज्ञापनपत्र लिएर जाँदा सामाजिक अभियन्ता हर्कराज साम्पाङ राईलाई नगरपालिकाको जुन प्रवेशद्वारबाट भित्र छिर्न दिइएको थिएन‚ स्थानीय तह निर्वाचन, २०७९ नेपालको ६ महानगरपालिका, १ ३ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६ ० गाउँपालिकामा सम्पन्न भएको थियो। स्थानीय तह निर्वाचन आयोगमा हर्क राज राई लौरो चुनाव चिन्ह लिएर सहभागिता हुनुभएको थियो। धरान उपमहानगरपालिका मेयरक हर्क साम्पाङले जित्नु भएको थियो।

नेपाली काङ्ग्रेस रुख चुनाव चिन्ह लिएर किशोर राई, नेकपा एमाले सूर्य चुनाव चिन्ह लिएर मञ्जु भण्डारी , राप्रपा गाई चुनाव चिन्ह लिएर नरेश शाक्य , मेयरको लागि जनतामाझ गएका थिए। धरान उपमहानगरपालिकाको जनमतले हर्क साम्पाङ लाई मतदान गर्दै ४० प्रतिशत भोट लौरोले प्राप्त गर्न सफल भयो। सधैँजस्तो धरानमा खानेपानीको हाहाकार मचिरहेकै थियो।विभिन्न पार्टीका उपमहानगरपालिका मेयर बनेर आए पनि धरानका जनताको माग सम्बोधन भएको थिएन। समाजसेवी राई उच्च शिक्षा राजनीतिशास्त्र बी.ए गरिसकेका राईलाई सम्पूर्ण जनताको समस्याहरू अध्ययन गरिसकेका थिए। धेरै नेपाली जनताहरुले हर्क साम्पाङ लाई माओ त्से तुङ एक चिनियाँ क्रान्तिकारी, राजनीतिक विचारक र साम्यवादी दलका नेता सँग पनि जोडिरहेको छन् ।

जसको नेतृत्वमा चीनको क्रान्ति सफल भएको थियो।राई लाई नेपाली जनता र राष्ट्रियप्रति विश्वास थियो। भ्रष्टाचार र व्यथितिको अन्त्य श्रम र पसिनाबाटै देशको विकास हुन्छ। र विश्वलाई चिनाउन सकिन्छ। धरान उपमहानगरपालिकाको मेयर पद जीति सके पछि जुन प्रवेशद्वारबाट भित्र छिर्न दिइएको थिएन‚ त्यही प्रवेशद्वार धरान उपमहानगरपालिका हर्क साम्पाङको स्वागतका लागि सजाइएको थियो । चुनाव जित्न साथ हर्क साम्पाङले जनताको म्यान्डेट पूरा गर्न लाग्नुभयो । चारैतिर राजनीतिक घेराबंदीका अवस्था रहेपनि शान्ति सुशासन कायम राख्दै चुनावअघि जनतालाई दिएको प्रतिबद्धता कठोरताको साथ पूरा गरे।धराने जनताहरूको लागि अब नयाँ इतिहास कोरिँदै थियो।हर्क साम्पाङको जनतामाझ पहिलो प्रतिबद्धता थियो। जन श्रमदानबाटै देशको विकास हुने र राष्ट्रियका अरबौं बजेट बचाउन सकिन्छ, भन्ने मान्यता थियो। नभन्दै विश्वबाट हर्क साम्पाङले जन समर्थन पाइसकेपछि,धराने जनतालाई पानीको समस्याबाट पानीको स्रोत खोज्न र अनुसन्धान गर्न सुरु भयो।धरानभन्दा ४५ किलोमिटर टाढा कोका बाट पानी ल्याउने निर्णय भयो।

यो एक असम्भव जस्तै थियो। धरान उपमहानगरपालिकामा विभिन्न पार्टीका नगरप्रमुख आउनुभो र कार्यकाल सकेर जनतालाई सपना बाँडेर जानुभयो । ऐतिहासिक नगरप्रमुख थिए ,हर्क साम्पाङ लाखौं जन श्रमदान समर्थन प्राप्त गरिसकेपछि कोकाका पानी धरान ल्याउन सफल हुनुभयो।यस कार्यले धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङको उचाइ अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सफल भयो।धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले एकपछि अर्को राम्रो काम गर्दै जानुभयो। कडाईका साथ भ्रष्टाचार,र व्यथिति दुर्वेशनीलाई अन्त्य गर्नको लागि अभियान नै चलाए। राष्ट्रियलाई श्रम र औद्योगिकरण बनाउनुपर्ने भन्दै धरानले केही उत्पादन पनि सुरु गरिसकेको छ। धरान मायालु साबुन, धराने अर्गानिक बेसर,धराने चप्पल अन्य उत्पादन क्षेत्रलाई पनि बढाउँदै लानु पर्ने बताउनुहुन्छ।अभियानका जितेन वान्तवा राई।

राजनीतिक शास्त्र र अङ्ग्रेजीमा स्नातक गरेका प्रमुख हर्क साम्पाङ पर्यटन क्षेत्रमा जोड दिँदै धरान उपमहानगरपालिकालाई श्रम संस्कृति पार्क र हरियाली फुल बगैँचाको सहर धरान बनाउन लाग्नुभयो।शनिबारलाई श्रमबार भनेर नामाकरण गर्ने राई हरेक स्थानमा शनिबार श्रमदाताहरूसँगै उपस्थित हुने गरेका छन्। भ्रष्टाचारी र राजनीतिक दलहरूले चारैतिर घेराबन्दी गरिरहँदाको अवस्था निडर, निस्वार्थ सत्यवान राईलाई श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता गर्न लाखौं नेपाली जनताहरूको समर्थन रहेको छ ।विभिन्न देशमा रोजगारीका लागि गएको नेपाली जनताहरुले हर्क साम्पाङलाई पार्टी खोल्न अनुरोध गरेका थिए। अनुरोधलाई स्वीकार्दै मिति ३ कार्तिक २०८२का दिन श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले स्वागत गरेको छ। श्रम संस्कृति पार्टीको मुख्य एजेन्डाहरू यस्ता रहेका छन्।प्रत्यक्ष कार्यकारी जनताबाट चुन्ने गराउने,दलतन्त्रको अन्त्य गराउने ,राष्ट्रियलाई उत्पादन र निर्माणमा जिम्मेवारी बनाउने राई भन्नुहुन्छ राष्ट्रिय र जनताको हितमा म जोसुकैसँग मिलेर जान सक्छु।

हर्क साम्पाङले केही समय अगाडि मात्र काठमाडौँको भ्रमण गरी कुलमान घिसिङ, बालेन शाह ,महावीर पुन सँग भेटवार्ता गरी भ्रष्टाचार र बेथितिलाई अन्त्य गरी देशलाई सुशासन र समृद्धि बनाउन हामी सहकार्य गरेर अघि बढौं ,भनेर अनुरोध गर्नुभएको थियो।विक्रम सम्वत २०८२भदौ २३ गते भ्रष्टाचार ,नातावाद ,राष्ट्रिय कोषको दुरुपयोग जेन्जीको विरोधमा देशभर आन्दोलन भइरहेको थियो ।अशान्तिसँगै धेरै नेपाली नागरिकको मृत्यु भएको थियो। राष्ट्रियको जटिल परिस्थितिलाई बुझेर हर्कसम्पाङ धरानबाट काठमाडौँ आइपुग्नुभएको थियो।
केही जनताहरूले हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउनुपर्छ ,भनेर माग सहित सडकमा आन्दोलनसहित गरेका थिए।राईले पत्रकार सम्मेलन गरेर भन्नुभएको थियो यस देशमा अन्तर्राष्ट्रिय शक्तिको अखडा हुनु हुँदैन । निर्वाचन आयोगले श्रम संस्कृति पार्टीलाई स्वागत गरेपछि नेपाली युवायुवतीहरूलाईसमर्थन गर्नेको लर्को छ ।
समाचार सम्प्रेषण पत्रकार लक्ष्मण राई
समाचार संवाददाता
vutnews.com
