VUT NEWS

जेनजी आन्दोलनपछि पुँजी बजारले गुमायो ३ खर्ब १० अर्ब

पछिल्लो साता झनै घट्दै बजार, अबको बाटो कता ?

काठमाडौँ । जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते सेयर बजार परिसूचक २६७२.२५ अङ्कमा थियो । त्यतिबेला बजारको कुल बजारको कुल सम्पत्ति (पुँजीकरण) ४४ खर्ब ६७ अर्ब रुपैयाँ रहेको थियो । यो साताको बिहीबार बजार बन्द हुँदा बजार परिसूचक २४८७.१७ अङ्कमा झरेको छ । यो अनुसार अहिले अहिले यो रकम ४१ खर्ब ५७ अर्ब रुपैयाँ रहेको छ । यो जेनजी आन्दोलनपछि मात्रै सेयर बजारले ३ अर्ब १० अर्ब रुपैयाँ बराबरको सम्पत्ति गुमाइसकेको छ ।

त्यसो त, पछिल्लो साता मात्रै बजारले १ अर्ब ५९ अर्ब रुपैयाँ बराबरको सम्पत्ति गुमाएको छ । पछिल्लो बिहीबार कारोबार बन्द हुँदा बजार सूचक २५८२.१८ अर्ब रुपैयाँ रहेको थियो । यस अनुसार पुँजीकरण ४३ खर्ब १६ अर्ब रुपैयाँ थियो । अहिलेको पुँजीकरण अनुसार एक सातामा मात्रै बजारले १ खर्ब ५९ अर्ब रुपैयाँगुमाएको देखिन्छ । यतिबेला देशमा नयाँ सरकार बनिसकेको छ, उक्त सरकारले नयाँ निर्वाचनको मिति घोषणा समेत भइसकेको छ । यो आन्दोलनपछि दशैंजस्तो ठुलो चाडपर्व समेत सकिएको छ । तर, पछिल्लो साताको बजारले बियरिस ट्रेन्ड छाडेको छैन । यसले लगानीकर्तामा अन्योलको अवस्था सिर्जना भएको देखिन्छ ।

माथि उल्लेखित तीन दिनको अवस्थालाई तुलना गरेर हेर्ने हो भने जेनजी आन्दोलनपछि गत सातासम्म बजारले जति गुमाएको छ, त्योभन्दा धेरै गिरावट यो साता भएको देखिन्छ । अर्थात्, कारण जेसुकै होस्, पछिल्लो समय लगानीकर्ताहरू लगानीकर्ताको विश्वास अझै घट्दै गएको बजार परिसूचकले देखाउँछ ।

तर यसको कारण के हो त ? बजार जानकारहरू बजारमा अहिले बुलिस र बियरिस दुवै ट्रेन्डमा लैजाने कारण सक्रिय रहे पनि वियरिसको प्रभाव बढी भएकोले बजार घट्दै गएको विश्लेषण गर्छन् ।

खासगरी निर्वाचनमा केन्द्रित हुँदा अर्थतन्त्रमा विस्तार, बैंकिङ क्षेत्रमा घट्दै गएको ब्याजदर, लाभांशको समय लगायतका विषयले बजारलाई सकारात्मक दिशामा लैजान भूमिका खेलिरहेको कारण हुन् । तर, पछिल्लो समय यसले उल्लेख्य रुपमा भूमिका खेल्न सकेको नदेखिएको बजार विश्लेषकहरु बताउँछन् ।

अर्कोतिर, बजारलाई तलतिर धकेल्ने कारण भने अहिले सक्रिय देखिएका छन् । खासगरी जेनजी आन्दोलनमा भएको व्यावसायिक संस्थाको क्षति तथा पछिल्लो समय युवापुस्ताको नाममा देखिएको अराजक गतिविधिका कारण व्यावसायिक मनोविज्ञान अझै माथि उठ्न नसक्दा बजार घट्दै गएको देखिन्छ ।

त्यसो त, गैरदलीय सरकार आए पनि जनतामा राजनीतिक स्थिरताको माहोल देखिएको छैन । आन्दोलनको कारणले सरकारबाट अपदस्थ भएका राजनीतिक दलको सक्रियता बढ्दै जाँदा यतिबेला दुईपक्षीय विवाद बढ्दै सङ्केत देखिएको छ । सरकार, राजनीतिक दल र युवापुस्ताको अवस्था हेर्दा कोही पनि चुनावमा केन्द्रित भएको देखिँदैन । त्यसैले अहिले पनि विश्वासको वातावरण बन्न सकेको देखिँदैन ।

पछिल्ला घटनाक्रमपछि सूचीकृत कम्पनीको अवस्था समेत कमजोर देखिन्छ । सबैभन्दा ठुलो हिस्सा भएको बैंकिङ क्षेत्रमा इतिहासकै सबैभन्दा धेरै तरलता थुप्रिएर बसेको अवस्था छ । अहिलेको राजनीतिक परिस्सिथतले ऋणको माग समेत घट्दै जाँदा यसले बैंकहरूको प्रोफिक्टाबिलिटी समेत घट्ने देखिएको छ

जेनजी आन्दोलनको प्रभावले होटल तथा पर्यटन क्षेत्र समेत ठप्प भएको छ । त्यसैले यो समूहका कम्पनीहरूमा समेत नकारात्मक असर पर्दै आएको विश्लेषकहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार