VUT NEWS

दसैँ नजिकिएसँगै पोखरा भित्रिए च्याङ्ग्रा

कास्की । दसैँ नजिकिएसँगै पोखरामा च्याङ्ग्रा भित्रिन थालेका छन् । चाडपर्वका बेला हुने अत्यधिक मागबमोजिम हिमाली जिल्लाहरूबाट व्यापारीहरूले च्याङ्ग्रा पोखरा ल्याएका हुन् । 

पोखरामा हरेक वर्ष दसैँको मुखमा मनाङ, मुस्ताङ तथा म्याग्दीका व्यापारीले भेडा च्याङ्ग्रा ल्याउने गरेका छन् । यस पटक ४६ हजार रुपैयाँमा छानेर च्याङ्ग्रा लिन पाइन्छ । 

खसी, बोका, राँगाको तुलनामा महँगो भए पनि चाडपर्वको समयमा च्याङ्ग्रा पोखरेलीको रोजाइमा पर्दै आएको छ ।

#vutnews #dasain #khasichangra #managmusdag

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार