काठमाडौँ । जेनजी प्रदर्शनपछि सामाजिक सञ्जालमा डीएसपीको युनिफर्म लगाएर आन्दोलन भड्काउने एक जना युवकको भिडियो भाइरल छ । प्रहरीको युनिफर्म लगाएर राष्ट्रिय झण्डा बोकेका ती युवक भन्छन्, ‘अब लगालग गर्ने हो, एकदम लगालग ।’
उनी आफ्नो मोबाइलबाट भिडियो पनि बनाइरहेका देखिन्छन् । न्यूरोड स्थित प्रहरी वृत्त जनसेवा लगायतका प्रहरीका कार्यालयमा आगजनी र तोडफोड गर्ने ती युवक सुरज कुमार रौनियार हुन् ।
पर्सा घर भएका रौनियार पूर्व प्रहरी हुन् । भक्तपुरमा कार्यरत रहँदा आपराधिक काममा संलग्न भएको भेटिए पनि प्रहरी प्रधान कार्यालयले उनलाई बर्खास्त गरेको थियो । ठगीमा संलग्न भेटिएपछि उनी २०७८ मा बर्खास्त भएका हुन् ।
जेनजी प्रदर्शनको मौका छोपेर प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा तिनै रौनियारको संलग्नता देखिएको प्रहरी अधिकृतहरू बताउँछन् । उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतका अनुसार रौनियार २०८१ मा १० लाख नगद लुटपाटको आरोपमा पक्राउ परेका थिए ।
उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृत भन्छन्, ‘रौनियारले विभिन्न प्रहरी कार्यालयमा आगजनी गरेको देखिन्छ, हामी अनुसन्धान गर्दै छौँ ।
#SmartTV24 Voice of Unfiltered Trut Press Council Nepal Reg. No. 4082 Office Phone: +9779861225109 vutnewsmedia@gmail.com हाम्रो आधिकारिक युट्युब च्यानलका भिडियोहरू तोडमोड गरेको पाइएमा नेपाल सरकारको नियमअनुसारले कानूनी .. संन्सार भरिका नेपाली जनताले सूचना दिने हक अधिकार नेपालको संविधानले सुरक्षित गरेको छ्। तपाईहरु सत्य , तथ्य सूचना दिनुहोस । हामी सत्य ,तथ्य र पुष्ठि संन्सार भरिका नेपाली जनताले सूचना प्राप्त गर्ने अधिकार नेपालको संविधानले सुरक्षित गरेको छ। #video #nepal #vutnews #kathmandu #news #new #smarttv24 #live #Politicalnews #SmartTV24 Online News Portals https://vutnews.com/ Facebook https://www.facebook.com/vutnewsmedia Twitter https://x.com/spot_the7214 LinkedIn www.linkedin.com/in/vutnews1 .https://www.tiktok.com/@smarttv9991 ://www.youtube.com/@smartnepal24 Smart TV24 https://www.youtube.com/@smartnepal24 भिडियो हेरिसकेपछि आफ्नो अमूल्य प्रतिक्रिया राखिदिनुहोस् । Links
smart tv24youtube.com/@smartnepal24
vutnews.comvutnews.com
tiktok.com/tiktok.com/@smarttv9991
vutnewsyoutube.com/@smartnepal24
https://share.google/share.google/2XWEYHuY6IkWDR5szMore info
#vutnews #smarttv24
