VUT NEWS

प्रधानमन्त्री केपी शर्मा र Elon Musk

https://www.youtube.com/live/3qK2UF1W7Hk?si=5kNes3EsMejzYtO6

काठमाडौं यो उमेरमा पनि नेपालका सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू सधैँ आत्माविश्वास र निष्ठावान जनता र राष्ट्रको हितमा
संसारकै धनाढ्य तथा अमेरिकी प्रभावशाली व्यवसायी एलन मस्कसँग नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली प्रमज्यू भिडियो कलमा कुराकानी गरेका छन्। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली प्रमज्यू मस्कसँग भिडियो कलमा कुराकानी गर्दैगरेको जानकारी गराउँदै फोटो फेसबुकमा पोष्ट गर्नुभएको छ । मस्कको कम्पनी स्टारलिंकले नेपालमा आउन खोजिरहेको समयमै प्रधानमन्त्री र मस्कबीच कुराकानी भएको हो।

स्टारलिंकले नेपालमा पनि सेवा दिन खोजेको छ। स्टारलिंकले आफ्नो वेबसाइटमा नेपाललाई सम्भावित सेवा सुरु हुने देशको सूचीमा सामेल गरेको छ। नेपाल आएर कम्पनीले छलफल गरेपनि कानूनी अड्चनका कारण रोकिएको छ।

ओली सरकार गठनपछि पनि स्टारलिंकका प्रतिनिधिले विभिन्न तहमा भेटघाट गरेका छन्। तर कानून संशोधन नगरी स्टारलिंक आउने सम्भावना छैन।

नेपालको नियमअनुसार २० प्रतिशत स्वामित्व स्थानीय हुनुपर्ने छ तर स्टारलिंकले कसैलाई पनि सेयर नदिने नीति लिएको छ। यही कारण नियममा लचिलो बनिदिन स्टारलिंकका प्रतिनिधिहरूले नेपाल सरकारसँग पटकपटक आग्रह गरेका छन्।

स्याटेलाइट ब्रोडब्यान्ड सेवाका लागि ‘ग्लोबल मोबाइल पर्सनल कम्युनिकेसन बाई स्याटेलाइट सर्भिस’ लाइसेन्स लिनुपर्छ। यस्तो लाइसेन्सको व्यवस्था पनि नेपालको कानूनमा छैन।

अन्तरिक्षमा अहिलेसम्म २ हजार ७ सय स्याटेलाइट रहेका छन्। यसलाई स्टारलिंकले १२ हजार पुर्‍याएर दुनियाँको सबै हिस्सामा इन्टरनेट सम्भव बनाउने लक्ष्य लिएको छ।

न्यून लेटेन्सी र उच्च गतिको इन्टरनेट पृथ्वीको सबै भूभागमा पुर्याउने लक्ष्य लिएको स्टारलिंकले अहिले भने १५० एमबीपीएसको गति दिएको दाबी गरेको छ।

अमेरिका राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्पको समर्थन गर्दै मक्सले खुलेरै जित हासिल गर्नको निमित्त पूर्ण समर्थन गरेका थियो।नेपाल सरकारलाई अनुरोध र शुभकामना। अन्तर्राष्ट्रिय व्यवसायी लाई नेपाल भित्र्याउनको लागि सरकारको सहजीकरणलाई ध्यानाकर्षण रहोस्।

Elon Musk expresses interest in expanding Starlink to Nepal

My Republicahttps://myrepublica.nagariknetwork.com › news › musk…

सम्पादक सुमन श्रेष्ठ

भियुटी न्युज अनलाइन खबर

समाचारदाता लक्ष्मण राई

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार