V.U.T. NEWS

धनकुटा प्रहरीको नयाँ भवन उद्घाटन

धनकुटा, जेठ १ गते । 

जिल्ला प्रहरी कार्यालय धनकुटाको नवनिर्मित भवन समुद्घाटन समारोह सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक दीपक थापाले उक्त नवनिर्मित भवनको उद्घाटन गर्नु भएको हो ।

सङ्घीय सरकारको विनियोजित १२ करोड बजेट बाट निर्मित भवनको प्रहरी महानिरीक्षक दीपक थापाले एक समारोहका साथ उद्घाटन गर्नु भएको हो । नेपाल सरकारको नियमित बजेटबाट जिल्ला प्रहरी कार्यालय धनकुटाको नवनिर्मित भौतिक संरचनाहरूमा कार्यालय, हिरासत भवन, ब्यारेक भवन, कार्यालय प्रमुख आवास , सिनियर प्रहरी आवास, भान्सा घर तथा शौचालय, स्नान घर लगायत रहेका छन् ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरद कुमार थापा, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, उच्च अदालत विराटनगर धनकुटा इजलासका मुख्य न्यायाधीश देश बहादुर सार्की, जिल्ला न्यायाधीश लगायतको उपस्थिति रहेको थियो ।

समाचार स्रोत :गोरखापत्र

पत्रकार :लक्ष्मण राई

भि .यू .टी .खबर

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार